एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रेष्ठसहित दुई नेता एमाले प्रवेश

२०८० फाल्गुन १, मंगलवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसहित दुईजना केन्द्रीय नेता एमाले प्रवेश गरेका छन्।

पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ मंगलबार एमाले प्रवेश गरेका हुन्। दुवै नेतालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले पार्टी प्रवेश गराए। उनीहरू दुवैजना तनहुँका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार