बसेरा र द्वारिकाज होटलमा म्याद गुज्रेका सामान, ३–३ लाख जरिवाना

२०८० फाल्गुन २, बुधबार

काठमाडौं : तीन चर्चित होटललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

गौशालामा रहेको होटल द्वारिकाज, लाजिम्पाटको हिमालयन र बसेरा होटललाई विभागले ३/३ लाख जरिवाना गराएको हो । विभागले गरेको अनुगमनका क्रममा ती होटलका भान्सा र स्टोरमा राखिएका सामान म्याद नाघिसकेको फेला परेको विभागले जनाएको छ । बसेरामा पाउरोटी, जुसलगायत २ हजार २ सय ८० रुपैयाँ मूल्यका यस्ता सामान भेटिएका थिए भने हिमालयन होटलमा दूध, मेथी, पाउरोटी, दही पीठोलगायत १० हजार ८ सय २० रुपैयाँका यस्ता सामान भेटिएको विभागले जनाएको छ ।

त्यस्तै होटल द्वारिकाजमा पीठो, कोकाकोला लगायतका ११ हजार बढी मूल्यका म्याद गुज्रेका सामान फेला परेको विभागको भनाइ छ । विभागले बसेरालाई माघ २९ गते, हिमालयनमा फागुन १ र द्वारिकाजमा २ गते अनुगमन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार