काठमाडौँ उपत्यकामा छिटपुट वर्षा

२०८० फाल्गुन २, बुधबार

काठमाडौँ : आज (बुधबार) देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि छिटपुट वर्षा भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकाका बालाजुलगायत एक/दुई स्थानमा छिटपुट मात्र पानी परेको हो।  दिनभर मौसम बदलीका कारण घाम लाग्न नपाउँदा उपत्यकाको तापक्रम स्वाट्टै घटेको छ।

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज उपत्यकाको अधिकतम तापक्रम १६.८ डिग्री सेल्सियसमा झरेको हो। मंगलबार यहाँको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस थियो। आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने ७.२ डिग्री सेल्सियस छ। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ६‍.८ डिग्री सेल्सियस थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार