शुक्रवार सार्वजनिक बिदा

२०८० फाल्गुन २, बुधबार

पोखरा : गण्डकी प्रदेशले स्थापना दिवसको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

गण्डकीले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रदेश स्थापना दिवसका दिन फागुन ४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकालका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।

गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
4
+1
2
+1
3

ताजा समाचार