रसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने तामाङ पक्राउ

२०८० फाल्गुन ३, बिहीबार

काठमाडौं : रसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जानलाई प्रहरीले  पक्राउ गरेकाे छ  ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगडी ९ ध्वासे फुलबारी स्थायी घर भई हाल जिल्ला काठमाडाैं १५ स्वयम्भु बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।पीडित गणेश बि.सी समेत २ जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु भन्दै एक लाख पैसठ्ठी हजार रकम लिई सम्पर्क विहीन भएका थिए ।  प्रहरी  टाेलीले  मिलन तामाङलाई खोजतलास गर्ने क्रममा फागुन २ गते काठमाडाैं २६ सामाखुशीबाट पक्राउ गरेको हो।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार