ट्याक्टर दुर्घटनामा ओभरसियरको मृत्यु, चालक फरार

२०८० फाल्गुन ७, सोमबार

दार्चुला : दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका -२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ००२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो। आइतबार साँझ भएको दुर्घटनामा ट्याक्टरमा सवार सोही निर्माण सेवाका ओभरसियर धनुषाको नारायण नगरपालिका -५ गोमरखोली बस्ने ३२ बर्षीय रामसागर रावतको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइतेको उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।दुर्घटनापछि ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका -१ बस्ने बिजेन्द्रसिंह नायक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार