चितवनको खैरहनीमा युवकको हत्या

२०८० फाल्गुन ८, मंगलवार

चितवन : चितवनको खैरहनी नगरपालिकामा-२ चैनपुरमा एक जना युवको हत्या भएको छ ।

आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार