पटक-पटक धम्की दिई ५० लाख माग्ने विप्लवका २ कार्यकर्ता पक्राउ

२०८० फाल्गुन ८, मंगलवार

काठमाडौँ : पटक-पटक गरी डर, धम्की तथा त्रास देखाई  ५० लाख माग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली, टिकापुर न.पा.वडा नं.का ३६ वर्षीय हृदयराज बोगटी र नुवाकोट ककनी न.पा.वडा नं.०३ घर भएका ३६ वर्षीय नरहरि ढुंगाना रहेका छन्। योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले आइतबार काठमाण्डौको  चन्द्रागिरि न.पा. वडा नं. ०९ मच्छेगाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले सु.प.प्र.-०१००९ प ६६१० नं मोटरसाइकल १ थान,बिभिन्न कम्पनिका मोवाइलहरु ४ थान र नेपाल कम्युनिष्ट पार्टि (माओबादि) को सहयोग रसिद  – १ ठेली बरामद गरेको छ। उनीहरूलाई  आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार