काठमाडौँ : गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको स्वरमा रहेको नयाँ गीत ‘जीत मान्दिनँ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको गीतमा विशाल निरौलाको मिक्सिङ तथा मास्टरिङ छ ।
गीतको भिडियोमा प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय छ । भिडियोमा उनीहरूको प्रेम र रोमान्स देखाउन खोजिएको छ ।
मनाङको रमणीय स्थानमा छायाङ्कन भएको भिडियोमा उत्सव दाहालको छायाङ्कन, राकेश दाहालको सम्पादन छ । भिडियोका निर्देशक केशवराज भट्ट हुन् ।
डिसी अधिकारीको प्रस्तुतिमा निर्माण भएको भिडियो प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।





