काठमाडौं : राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा गर्ने बृहत् जनप्रदर्शनको तयारी सुरु गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न समितीहरु पनि गठन गरेको छ ।
चैत १ गतेको जनप्रदर्शनलाई प्रभाबकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभाहरु गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ ।
उपत्यकाको काठमाडौं ,ललितपुर ,भक्तपुरका सबै क्षेत्रमा कोणसभाहरु आयोजना हुनेछन् । बैठकले राजिब पराजुली , केशबराज श्रेष्ठ र दमन बस्नेत रहेकोे आर्थिक समिति गठन गरिएको छ । यसैगरी पुरु दाहाल, विकास प्रजापती र कुमार गजुरेल रहेको सामाजिक संजाल परिचालन समिति गठन गरेको छ ।





