माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०८० फाल्गुन १५, मंगलवार

काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल हुने पनि बताइएको छ ।

बैठकमा नेताहरूको मूल्याङ्कन, चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार