काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।





