प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबिच बालुवाटारमा भेट, के भयो कुराकानी ?

२०८० फाल्गुन १९, शनिबार

काठमाडौँ : सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् ।

बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि यही विषयले गठबन्धन फुट्न लागेकोसम्मका चर्चा भइरहेका छन् । यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेको बताइन्छ ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डलाई भेटेर सहमतिमै राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार तय गर्न सुझाव दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार