काठमाडौं : बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ । शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो ।
मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कविता कुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ । कुटाकुटपछि दुबैलाई चोट लागेको छ । सूर्यवंशी भने अस्पतालमा उपचाररत छन् । तर नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफू कार्यक्रमकै सिलसिलामा धनगढीमा भएकाले विवाद हुनुको कारण बुझ्न बाँकी नै रहेको बताए ।
उनले नगरपालिकामा विवाद भएको विषय जानकारीमा आए पनि यसको कारण छलफलपछि मात्र थाहा हुने बताए । दुई जनाबिच व्यक्तिगत विषयलाई लिएर कार्यालयमा झगडा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए ।





