भक्तपुरका गोपाल ढकालको हत्या आरोपमा सन्तोष सुवाल पक्राउ

२०८० फाल्गुन २०, आईतवार

काठमाडौँ : यही फागुन ११ गते भक्तपुरमा भएको एउटा हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई क्राउ गरेको छ।

फागुन ११ गते भक्तपुरको सूर्यबिनायकमा गोपाल ढकालको हत्या भएको थियो। ढकालको हत्यामा संलग्न भएको आरोपमा भक्तपुरकै सन्तोष सुवाल पक्राउ परेका हुन्।

सुवालाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ। ‘हत्यापछि फरार रहेका सन्तोष काभ्रेबाट पक्राउ परेका सूचना हामीलाई आएको छ,यस सम्बन्धमा हामी थप विवरण आजै सार्वजनिक गर्नेछौँ,’ प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार