एकीकृत समाजवादीबाट दुई मन्त्री टुंगिए : जोशी र बुढा मन्त्री बन्ने

२०८० फाल्गुन २३, बुधबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् ।

पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।

जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।

उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । यो सँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
1

ताजा समाचार