काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डको सरकारमा एमालेले ८ वटा मन्त्रालय, माओवादीलाई ५ वटा मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ वटा र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय पाएको छ। वरियतामा प्रधानमन्त्री पछाडि एमालेबाट मन्त्री बनेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेका छन्।
त्यसैगरी तेस्रोमा माओवादीबाट मन्त्री बनेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, चौथोमा रास्वपाबाट मन्त्री बनेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने रहेका छन्।






