उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने जसपाको निर्णय

२०८० फाल्गुन २४, बिहीबार

काठमाडाैं : उपेन्द्र यादवको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (जसपा) सरकारमा जाने भएको छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘अध्यक्षज्यूको नेतृत्वमा सरकारमा जाने निर्णय भयो । एकजना राज्यमन्त्री र एक जना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ’ जसपाको मुख्य सचेतक प्रदीप यादवले भने । सुशिला श्रेष्ठलाई राज्यमन्त्री बनाउने जसपाको निर्णय भएको छ । प्रदिप यादव र नवलकिशोर साह सुडीमध्ये एकजना वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको पनि यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार