मुद्दा चलिरहेको व्यक्तिलाई गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौँ : राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वाभाविक भएको बताएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेका हुन्। उनले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए। ‘प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ?’ उनले प्रश्न गरे।

‘मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ। त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरू छन्। सहकारीमा घोटाला भएका मुद्दाहरू जीवितै छ। स्वयं उही व्यक्तिलाई गृह मन्त्रालय सुम्पिने काम भएको त्यो स्वाभाविक रुपमा स्विकार्न सकिने कुरा होइन। यसमा हाम्रो पार्टीको आपत्ति छ।’ उनले भने।

उनले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भूमिका खेल्न सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार