ज्वाइँले कलेजो दिएपछि ६५ वर्षीया सासूले पाइन् पुनर्जीवन

२०८० फाल्गुन २६, शनिबार

भक्तपुर : भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत एक महिलालाई ज्वाइँले कलेजो दान गरेका छन्। ६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले कलेजो दान गरेका हुन्।

गएको सोमबार मानन्धरले आफ्नी सासु लक्ष्मीदेवीलाई कलेजो दान गरेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपणविज्ञ डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। डा. श्रेष्ठका अनुसार हाल कलेजो दान गर्ने ज्वाइँ र सासूको स्वास्थ्य अवस्था सामान्य छ। डा.श्रेष्ठकै नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको हो।  नेपालमा पुरुषले महिलालाई अंगदान गरेका घटना विरलै छन्।

नेपालमा भएका अंगदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई अंगदान गरेका त्यो क्षेत्रका विज्ञहरुले बताएका छन्। झन् ज्वाइँले नै सासूलाई कलेजो दान गर्नु दुर्लभ घटना भएको चिकित्सकहरुले बताएका छन्। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ सालमा कलेजो प्रत्यारोपण सुरु गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार