पोखरामा आज आधा दिन बिदा

२०८० फाल्गुन २७, आईतवार

लेखनाथ : पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । आफ्नो  सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो । दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगर कार्यपालिकाको कार्यालय, महाशाखा, शाखा र वडा कार्यालयहरू आधा दिन बिदा दिने निर्णय भएको जानकारी दिए । तत्कालीन पोखरा उपमहानगरमा लेखनाथ नगरपालिका र आसपासका अरू गाविसहरू गाभेर आजकै दिन पोखरा महानगर स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा महानगरले आफ्नै कार्यालय परिसरमा बिहान रक्तदान आयोजना गरेको छ । त्यस लगत्तै पोखरा–१९, खुइतेखोलामा पुल शिलान्यास गरिँदै छ । मूल समारोह भने दिउँसो २ बजेबाट हुँदै छ ।

आजै पृथ्वी चोकमा महानगरले बनाउन लागेको ‘पोखरा भवन’ पनि शिलान्यास गरिँदै छ । १० करोड लागतमा पोखराको पहिचान दिने खालको पोखरा भवन बनाउने महानगरका प्रमुख धनराज आचार्यले बताए । “महानगरको पहिचान दिने खालको पोखरा भवन बनाउँदै छौँ । तीन तले भवनमा सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर लगायत हुने छन्,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार