भोटोभित्र कम्मरमा बाँधेर ल्याएको चरेससहित दुईजना पक्राउ

२०८० फाल्गुन २७, आईतवार

धादिङ : आफ्नो शरीरमा लुगाको भित्र कम्मरमा बाँधेर ओसारपसार गर्दै गरेको चरेससहित प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ ।

थाक्रे गाउँपालिका वडा नम्बर २ महादेवबेशीबाट ९ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेससहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय सागर भन्ने नारायण दमाई रहेका इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक देवेन्द्र बहादुर साहले बताए ।

प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्राबाट महादेववेशीतर्फ जाँदै गरेको ना४ ख ४८३ नम्बरको यात्रुवाहक बसलाइ चेक जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेससहित पक्राउ गरिएको थियो । उनीहरुले शरीरमा लगाउने खल्ती  भएको कपडाको भोटो बनाई, सो भोटो कपडा शरीरमा लगाई सोही कपडा भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार