सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

२०८० फाल्गुन २८, सोमबार

काठमाडौँ : नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार