अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक

२०८० फाल्गुन २८, सोमबार

काठमाडौँ : सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो। यो मन्त्रिपरिषद् बैठक नियमित हो।

फागुन २१ मा तत्कालीन गठबन्धन फेरिएर एमाले सत्ता पक्ष बनेपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। आइतबार मात्रै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसहितले शपथ र पदभार ग्रहण गरेका छन्।

यो मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे प्रधानमन्त्रीको सचिवालयले केही खुलाएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार