महोत्तरीबाट सहायक निरीक्षक र हवलदार घुससहित प्रहरी पक्राउ

२०८० फाल्गुन २८, सोमबार

जनकपुरधाम : घुससहित महोत्तरीबाट प्रहरी सहायक निरीक्षक र वरिष्ठ हवलदार नै पक्राउ परेका छन्। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र सोही चौकीका वरिष्ठ हवलदार मन्जित कुमार झालाई २० हजार घुससहित पक्राउ गरेको हो।

अदालतको फैसलाको कार्यान्वयन नगराई छलफलबाट मुद्दा मिलाई दिने भन्दै प्रहरीले सेवाग्राहीसँग घुस मागिरहेको जानकारी अख्तियारमा आएपछि बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित गैरीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार