प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन्। प्रधानमन्त्री दाहालले यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार