टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पीएनजी खेल्दै

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टी२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी) खेल्दै छन् ।

फाइनल खेल आज बिहान पौने १२ बजे सुरू हुनेछ । पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ । नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टीम अंक बाडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार