सुन जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाउँदै

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौँ : सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन तयार गरेको छ । ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ आयोगले प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउने तयारी गरेको छ ।

आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार