पार्टीको कुराले परिवार फुट्दैन, रेशमले स्टाटस लेख्दा म सँगै थिएँ : रञ्जिता

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने बताएकी छिन्।

बुधबार संसद्‌मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी हुन्। उनले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भएको पनि बताएकी छिन्। उनका श्रीमान्‌समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले फेसबुकमा स्टाटस लेख्दा आफू पनि सँगै रहेको श्रेष्ठको भनाइ छ।

नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1

ताजा समाचार