काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख २५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर १५ सय १५ रूपैयाँ कायम भएको छ ।





