दाङ : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले २०८४ सालको चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । प्रेस चौतारी दाङले बिहीबार बिहान तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले २०८४ को चुनावमा एकल बहुमत ल्याउने उद्देश्यका साथ माओवादीसँग सहकार्य गरेर एमाले सरकारमा गएको बताए ।
´हामी २०८४ मा हुने चुनावमा एकल बहुमत ल्याउँछौँ । सोही उद्देश्यका साथ जनताका काम गर्न माओवादीसँग मिलेर सरकारमा गएका हौँ`, उनले भने । सरकारका माध्यमबाट जनताका पक्षमा काम गर्ने र आगामी निर्वाचनमा एकल बहुमत ल्याउने ज्ञवालीको जिकिर छ ।





