मनकामना केबलकारको सेवा चैत ७ गते बन्द

२०८० चैत्र ६, मंगलवार

काठमाडौं : नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ ।

यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।

केबलकारको नियमित सेवा चैत्र ८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार