श्री एयरलाइन्सको जहाजको चक्का खुस्किएपछि

२०८० चैत्र ६, मंगलवार

धनगढी : धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।

सोमबार साँझ काठमाडौँबाट धनगढी आएको कलसाइन एएनएच २२७ नम्बरको जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले बताए। “प्राविधिक रूपमा जहाज उडान गर्न अयोग्य देखियो। त्यसपछि ग्राउण्डेड गरिएको छ”, उनले भने।

सो जहाज अवतरण भई पार्किङ गर्ने क्रममा एउटा चक्का खुस्केर झाडीमा गएको बताइएको छ। जहाजको चक्का खुस्किएर झाडीमा पुगेपछि विमानस्थलमा खटेका कर्मचारी र सुरक्षाकर्मीले चक्का खोजेका थिए। विमानस्थल प्रमुख सिंहले जहाजमा प्राविधिक समस्या आइ अहिलेलाई उडान भर्न अयोग्य भएको भनेर बुझ्न आग्रह गरे।

उनले जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको बताए। मर्मतपछि जहाजले उडान भर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार