राजविराज : सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका ४५ वर्षीय हिराई सदाको उनकै छोराले बुधवार हत्या गरेका छन् ।हिराईका छोरा २२ वर्षीय लालदेब सदाले घरायसी विवादमा बन्चरोले घाँटीमा प्रहार गरी हत्या गरेको सप्तरीका डिएसपी ढुण्डीराज न्योपानेले जानकारी दिए ।
घाँटीमा बन्चरो प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको थियो । आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए । टाउको र हातमा चोट लागेका दशनको फतेपुरस्थित स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आरोपी लालदेवलाई बन्चरोसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।





