एकल महिलालाई ठगी गरेको आरोपमा नेपाल प्रहरीका सइ निलम्बित

२०८० चैत्र ७, बुधबार

काठमाडौं : एकल महिलालाई ठगी गरेको आरोपमा नेपाल प्रहरीका नायब निरीक्षक,(सइ) निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले सइ मदन तामाङलाई निलम्बन गरेको हो।

पीडित महिलाले दिएको उजुरीका आधारमा छानबिन गरी उनलाई मंगलबार निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।सवारी महाशाखामा कार्यरत तामाङले ती महिलालाई ५४ लाख ठगी गरेको छानबिनमा देखिएकाे थियो। विवाह गर्नेसमेतकाे आश्वासन दिएर उनले ठगी गरेकाे छानबिनबाट पुष्टि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार