काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।
सरकारी जमिन हिनामिना प्रकरणमा सीआईबीलाई बयान दिए लगत्तै आज दिउँसो चौधरी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् ।चौधरीले बिहान सिआइबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ ।





