मलामी गएर फर्कने क्रममा ट्याक्टरले किचेर पोखरेलको मृत्यु

२०८० चैत्र ८, बिहीबार

खोटाङ : मलामी गएर फर्कंदै गरेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ५१ वर्षीय रणबहादुर पोखरेलको मृत्यु भएको छ ।

दूधकोशीबाट बालुवा लिएर ऐसेलुखर्कबजार जाँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा चढेका पोखरेललाई ओर्लने क्रममा बुधबार साँझ त्यही ट्याक्टरले किचेको हो । घरनजिकै आएपछि ओर्लन खोज्दा ट्याक्टरले किचेको र प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारको क्रममा बुधबार सााझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

पोखरेलको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमै पोस्टमार्टमको तयारी भइरहेको कार्कीले सुनाए । ‘अहिले भर्खर कानुनी प्रक्रियाका लागि ऐसेलखुर्क आइरहेको छु ।’ कार्कीले भने–‘प्रक्रिया सकेर यहाँकै प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम हुन्छ ।’ सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–९ का चालक २० वर्षीय ओमराज तामाङ, रावाबेसी गाउापालिका–१ कुभिण्डेका २० वर्षीय प्रकाश विसङ्खे र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका १६ वर्षीय पेशल राईलाई प्रहरीले नियन्त्रणमा लिएको कार्कीले जनाए ।

उनीहरूलाई अनुसन्धान गरी दोषीलाई कारबाही प्रक्रिया बढाइनेसमेत कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार