काठमाडौँ : भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।
भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई बिहिबार बेलुका पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन्। दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । साथै पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको पनि उनले बताएका छन् ।






