काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङ उम्मेदवार बन्ने भएका छन्।
‘पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई पार्टीले समर्थन गरेको’ छन् ।
‘जनमतको चुनाव चिह्न लिएर उहाँ उठ्नुहुन्छ,’ उनले भने। थाम्सुहाङ किरात-लिम्बुवान प्रदेश नामाङ्कन समितिका अध्यक्ष पनि छन्। वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। यसका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।





