आयरल्यान्डसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी

२०८० चैत्र १२, सोमबार

काठमाडौँ : आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पहिलो जितसँगै  नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । सिरिजको दोस्रो तथा अन्तिम खेल मङ्गलबार हुनेछ ।

जितका लागि आयरल्यान्डले दिएको एकसय २२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा चार चौकाको सहयोगमा अविजित ३७ रन बनाए । यस्तै सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले अविजित २० र आसिफ शेखले १६ रन जोडे ।

बलिङमा आयरल्यान्डका गारेथ डेलानीले दुई तथा थोमस मायस र बेन ह्वाइटले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रन बनाएको थियो । आयरल्यान्डका लागि स्पेटफन डोहिनीले ४९ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाउनुभयो । थोमस मायस र लियम म्याकर्थीले १६/१६ र फियोन ह्यान्डले ११ रन जोडे ।

बलिङमा नेपालका कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले दुई दुई विकेट लिए। करण केसी र कुशल मल्लले एक एक विकेट झारेका  थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार