पञ्जाव किंग्समाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४ विकेटले विजयी

२०८० चैत्र १३, मंगलवार

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो।

पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो। बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए।

यसअघि पञ्जावलेपहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। यो रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो खेलमा पहिलो जित हो। त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार