२३ जना सम्पर्कबिहीन कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन प्रहरीको सूचना

२०८० चैत्र १३, मंगलवार

काठमाडौँ : नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन रहेका २३ जना कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन भनेको छ। कार्यालयले आज सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको हो।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ। सम्पर्कबिहीन हुनेमा नेपाल प्रहरीका चार जना प्रहरी सहायक निरीक्षकसहितका कर्मचारी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार