सहमति र समर्थन नभए हामी एक्लै पनि चुनाव लड्छौं : माधव नेपाल

२०८० चैत्र १३, मंगलवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् ।

इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने तर बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पार्दै अध्यक्ष नेपालले भने, ‘सहमति र समर्थन नभएमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले एक्लै पनि चुनाव लड्ने मानसिकता बनाएको छ । हामी छुट्टै पार्टी भएको हुनाले हामी पनि कहाँ-कहाँ उम्मेदवार खडा गर्ने हो, कसले-कसले हामीलाई साथ दिने हो, त्यसको आधारमा हामी अगाडि बढ्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार