काठमाडौँ : अमेरिकाको बाल्टिमोर सहरमा एउटा प्रमुख पुलमा कार्गो पानीजहाजले ठक्कर दिएको छ। जसका कारण पुल आंशिक रुपमा भत्किएको सरकारी अधिकारीहरुले बताएका छन्।
फ्रान्सिस स्कट की ब्रिजमा मंगलबार सबेरै यस्तो घटना भएको हो। यो पुल १.६ माइल लामो छ। तट रक्षकहरुले राति १ः२७ मा पुलमा जहाज ठोक्किएको खबर पाएका थिए।
बाल्टिमोर प्रहरीले पनि पुल भत्किएको खबरको पुष्टि गरेको छ। तर, यसबाट भएको क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन। कम्तीमा सात जना मानिस र केही सवारी पानीमा खसेको बताइएको छ। मानिसहरुको उद्धारको प्रयास भइरहेको जनाइएको छ। यो पुल १९७७ मा बनेको थियो। एजेन्सी





