आज पनि काठमाडौँ उपत्यकामा मेघगर्जनसहित वर्षाको सम्भावना

२०८० चैत्र १४, बुधबार

काठमाडौँ : देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि आज बिहानैदेखि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला (बुधबार बिहान) उपत्यकाको मौसम आंशिक बदली छ। भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकिएको छ।

‘बादल विकास भइरहेको छ, आज पनि काठमाडौँ उपत्यकामा हल्का खालको वर्षा हुने सम्भावना छ’, उनले भने, ‘दिउँसो, साँझतिर मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना देखिन्छ।’

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस देखिएको छ। ‘अधिकतमचाहिँ आज २४ देखि २६ डिग्री सेल्सियससम्म रहने अनुमान गरेका छौँ’, मौसमविद् अर्यालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार