रास्वपाबाट अलग भए रमेश खरेल

२०८० चैत्र १४, बुधबार

काठमाडौं : रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।

रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए । आफूले चलाउदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ । २०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बनेका थिए ।

सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार