पर्वतमा श्रीमान-श्रीमती मृत फेला, हत्याको आशंका

२०८० चैत्र २०, मंगलवार

काठमाडौं : पर्वतमा श्रीमान-श्रीमती मृत फेला परेका छन्। जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खुमलाल भुसालले जानकारी दिए।

मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीलाई खबर भएको थियो। खबर भएपछि डिएसपी भुसालसहितको टोली घटनास्थलतर्फ जाँदैछन्। ‘घटना शंकास्पद छ भनिएको छ। म पुग्दैछु,’ उनले भने। मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती छन्।

उनीहरूको हत्या भएको आशंका गरिएको छ। वडा नम्बर २ का वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले प्रहरीलाई खबर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार