समाजवादी मोर्चाले अस्थिरता ल्याउने काम गर्दैन: विप्लव

२०८० चैत्र २०, मंगलवार

काठमाडौं : समाजवादी मोर्चाका संयोजक तथा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ भन्ने तर्कमा कुनै सत्यता नभएको बताएका छन् ।

समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देखिएको समस्या समाधान गर्न सबै कम्युनिष्ट एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘हामी कम्युनिष्टहरुले जनताको कसरी नेतृत्व गर्ने भन्ने स्पष्ट दृष्टिकोण दिएको छ । आजको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ । बाहिर केही गलत ढंगले भाष्य निर्माण भइरहेका छन् । समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ भन्ने तर्क पनि हामीले सुन्ने गरेका छौं ।

होइन त्यो कुरा । अस्थिरतालाई स्थितरतातिर बदल्ने कुरा हो । चार दल मिलेर बनाएका छौं । यो आवश्यकता र सम्भावनाको परिणाम हो । नेपालमा संकटमात्रै छैन । त्यहाँ सम्भावना पनि उत्तिकै हुन्छ ।’ उनले नेपाली विशेषताको समाजवादसहित नयाँ राज्य सञ्चालन र अर्थतन्त्रको बहसलाई अगाडि बढाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार