रसुवा : रसुवाको उत्तर गया गाउँपालिका वडा नम्बर ५ बेत्रावतीमा नालीको व्यवस्थापन राम्रो नहुँदा आइतबार साँझ आएको अत्यधिक वर्षाका कारण वाल भत्किएपछि घर भित्र पानी पस्दा करिब १३ लाख बराबरको क्षति भएको छ। स्थानीय रञ्जना थापाको घरमा पानी पस्दा क्षति भएको हो।
करिब १५ देखि २५ मिनेट सम्म परेको वर्षाले पासाङ ल्हामु मार्गकाे नाली हुँदै आएको भल पानी र अन्य ठाउँबाट मिसिएर आएको भेलले शिक्षिका समेत उनको घरमा क्षति पुराएको हो। थापाको घरमा रहेको पर्खाल भत्किएको छ भने लगाएकाे ग्याभिन तार समेत बगाएकाे र खानेपानी तथा आगन समेत पुरिदा करिब १३ लाख काे क्षति भएको बताइएको छ। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक निर्माण भइरहेको र सो क्षेत्रमा सडकको काम समयमै सम्पन्न नगरिदिँदा स्थानीय जनतालाई ठुलाे क्षति पुराएको छ ।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक आयोजना र ठेकेदारको लापरबाहीले गर्दा पानी जाने नाली व्यवस्थापन हुन नसक्दा यस्तो क्षति व्यहोर्नुपर्ने देखिएको र सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने शिक्षिका रञ्जना थापाको भनाई छ । यस्तो क्षति जाे काेहिकाे हुन सक्छ र यस घटनाले स्थानीय हरूमा एक प्रकारको त्रास उत्पन्न हुने र भइरहेको स्थानीय गणेश श्रेष्ठ ले बताए।





