कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु

२०८० चैत्र २१, बुधबार

काठमाडौँ : भारतको महाराष्ट्र राज्यमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। महाराष्ट्रको सम्भाजीनगर छावनी क्षेत्रमा रहेको एक कपडा पसलमा भिषण आगलागी हुँदा निसासिएर २ बालबालिकासहित ७ जनाको मृत्यु भएको बताइएको छ।

एएनआईका अनुसार औरङ्गाबाद प्रहरी प्रमुख मनोज लोहियाले आज बिहान ४ बजे तिर कपडा पसलमा आगलागी भएको बताए। उनले आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान सुरु भएको बताए। कपडा पसल रहेको भवनको माथिल्लो तल्लामा रहेकाहरूमध्ये ७ जनाको निसासिएर मृत्यु भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार